राजनीति

सभामुखको चेतावनीबीच श्रम संस्कृति पार्टीको वेल घेराउ जारी

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाफ दिन सुरु गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्।

वेल घेराउ जारी रहेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले पटक–पटक ध्यानाकर्षण गराउँदै संसद्को मर्यादा कायम राख्न आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभामा हाल विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयगत शीर्षकमा छलफल जारी रहेको छ। यसक्रममा सभामुखले बारम्बार निर्देशन दिए पनि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध कायमै राखेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गर्नुभएको थियो। तर, सभामुखले त्यसलाई कार्यविधिअनुसार रोक लगाएपछि पार्टीका सांसदहरूले विरोधस्वरूप वेल घेराउ सुरु गरेका हुन्।

विरोध चर्किएपछि सभामुख अर्यालले सांसदहरूलाई आफ्नो कर्तव्यप्रति सचेत गराउँदै भन्नुभयो, “सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्न श्रम संस्कृति पार्टीका सबै माननीय सदस्यहरूलाई सचेत गराउँछु।”

छलफल जारी रहँदा सभामुखले तीन पटकसम्म ध्यानाकर्षण गराउँदा पनि वेल घेराउ नहटेपछि सम्बन्धित सांसदहरूलाई चेतावनीसमेत दिइएको छ। संसद्को कार्यसूची भने अवरोधबीच पनि अघि बढाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.