खेलफूटबल

फिफा विश्वकपमा केप भर्डेले उरुग्वेलाई बराबरीमा रोक्यो

फिफा विश्वकप २०२६ मा नवप्रवेशी टोली केप भर्डेले उरुग्वेलाई बराबरीमा रोकेको छ । सोमबार बिहान भएको खेलमा केप भर्डेले उरुग्वेलाई २-२ को बराबरीमा रोकेको हो ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल २-२ को बराबरीमा सकियो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

बराबरी सँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले दुई खेलबाट समान दुई-दुई अंक जोडेका छन् भने समान खेलबाट चार अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा साउदी अरेबियाको एक अंक रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.