राजनीति
प्रधानमन्त्री शाह महाधिवेशनस्थलबाट काठमाडौँ प्रस्थान
प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेताा बालेन्द्र शाह बुधबार चितवनबाट काठमाडौं फिर्ता हुनुभएको छ । महाधिवेशनको बन्दसत्र अन्तर्गत पदाधिकारीको निर्वाचन सुरु भएपछि उहाँ काठमाडौं फर्कनुभएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उहाँ बुधबार बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मङ्गलबारको बन्दसत्रमा उहाँ सहभागी हुनुभएको थियो । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ ।
चितवन रहँदा उहाँले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री शाह असार ७ गते आइतबार महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्