समूह ‘ए’ बाट दक्षिण अफ्रिका र मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले र चेक रिपब्लिकलाई ३–० लेपराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकालाई नकआउटमा पुर्याउन थापेलो मासेकोको गोल नै निर्णायक रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा थापेलोको गोल नै जितका लागि पर्याप्त भयो ।

जितसंगै दक्षिण अफ्रिका तीन खेलबाट चार अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो भने तेस्राे स्थानमा रहेकाे दक्षिण काेरियाकाे तीन अंक रहेको छ ।

त्यसैगरी बिहिबारै भएको अर्को खेलमा सहआयोजक मेक्सिको चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै समूह बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । मेक्सिकोले तीन खेलमा शतप्रतिशत जित निकाल्दै नौ अंक जोडेको हो । यता तीन खेलबाट एक अंक जाेडेकाे चेक रिपब्लिक भने प्रतियाेगिताबाट बाहिरिसकेकाे छ ।




प्रतिक्रिया राख्नुहोस्