राजनीति

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ ।

निशा डाँगी

सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गर्नुभएको छ ।

पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह हुनुभएको छ । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित हुनुभएको हो ।

निर्वाचित कार्यसमितिलाई शुक्रबार नै शपथ गराउने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.