राजनीति

कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उहाँले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको धारणा राख्नुभयो ।

कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नभएको उहाँको भनाइ छ । उहाँले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताउनुभयो ।

“रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “समय अनुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।”

जनविश्वास पुनःआर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति मात्र नभई समयानुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा नीहित हुनुपर्ने उहाँको कथन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.