जन सरोकार

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जानकारी दिनुभयो ।

यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.