बिचार

बुमकारिता र भाइरल राजनीतिको सकस

सामाजिक सञ्जालाँ ऐले कर्नाली पश्चिम भनम् कि सुदूरपश्चिम खुब भाईरल भाछ । एक साता अघि मात्रै कन्चनपुरकि ऐश्वर्या कुवँर होटेलाँ आयोजना गर्या कार्यक्रम स्थलाँ पुगेर वडाध्यक्षमाथि हातपात गरेछि सुदुर पश्चिमले खुब चर्चा पायो ।

र पत्रकारले नि जनता जनार्दनबाट खुब गाली पाइन । पत्रकारका नाममा गरिने यस्तो उत्श्रृङखल ब्यवहार कसैका लागि नि स्विकार्य नभएकै कारण पत्रकार कुबँरले करिब ९ दिनजति पुलिसकै मेहमान भएर भोजन गरिन ।

त्यति मात्रै हैन उनको महासंघसित आबद्ध निकाय प्रेस काउन्सिल र महासंघले नि यो चोटी पत्रकारको बचाउमा यामानको प्रेस विज्ञप्ति जारी नगरेर पत्रकार ऐश्वर्यालाई निलम्बन नै गर्यो ।

सुदूर पश्चिमको यो घटना सेलाउन नपाउँदै फेरि कैलालीको लम्कीचुहा कि मेयरले आफ्नो ताण्डव देखाउन शुरु गरिन । सुदुरपश्चिमको मुख्यमन्त्रीसितको लफडालाई लिएर मेयरले प्रदेश अस्पतालका नि. मे.सु.लाई ताण्डव नृत्य देखाको जस्तो अनुमान यसअघि मुख्यमन्त्री र मेयरबीचको लफडा देख्ने सुन्नेहरुले गरे होलान सायद।

मेयर जस्तो मान्छेले डाक्टरलाई जुन किसिमले हप्काइन त्यो हप्काइलाई हेर्दा हाम्रो गाउँतिरका ठकुरीहरु र पञ्चहरुले पञ्चायतकालमा जसरी हप्काउँथे ठ्याक्कै त्यसको हुबहु लम्कीचुहाकि मेयर सुशीला शाहीको प्रस्तुतिमा थियो ।

बेला बेलामा चर्चामा आईराख्न चाहने मेयर शाहीको स्वभावले उनलाई असर गरेको छ छैन त्यो था छैन तर पनि उनी जुन पाटिकी कार्यकर्ता छिन् त्यो पाटीलाई भने पक्कै पनि असर गरेको हुनसक्ने उनका अभिव्यक्तिले देखाएको छ ।

त्यसै त डाक्टरहरु दुर्गममा बस्न चाहँदैनन् अँझ भएन भनेर मेयरले ठकुरीपाराले डाक्टरलाई हप्काएछि उनीहरु कसरी बिरामीको सेवामा लाग्न सक्छन ?

आफ्ना मान्छेलाई जागिर खुवाउन नसकेको र अस्पताललाई प्रदेश अस्पतालमा रुपान्तरण गर्न नदिने जोडबलमा लागेकि मेयरले डाक्टरलाई हप्काएको सुन्दा अरु त अरु उनका कट्टर समर्थक कार्यकर्ता नि आफ्नो नेताको व्यवहार देखेर शिर निहुर्याउनु पर्ने बनेका छन् यसले उनीहरुलाई नि वाक्क दिक्क बनाछ ।

त्यसो त यसअघि पनि बेलाबेलामा लम्कीचुहाकि मेयर चर्चामा आउने गरेकै हुन विषय चाईँ त्यै अस्पतालै हो । उनी त्यो अस्पताललाई नगरकै अधिनमा राखेर आफ्नो हालीमुहालि चलाउन चाहन्छिन तर, मुख्यमन्त्री चाईँ अस्पतालको स्तरबृध्दि गरेर जनतालाई सेवा दिने बनाउन चाहन्छन, बस यै कुराँ दुबैको लफडा छ अनि त्यै लफडाँ ऐले डाक्टर पर्याछन् ।

त्यसैले यो विषय धेरैलाई सामान्य र दैनिकी पनि लाग्न सक्दछ । तर मेयर जस्तो मान्छे यसरी प्रस्तुत हुनु र अस्पतालका डाक्टर र कर्मचारीहरु एकजुट भएर उक्त अस्पतालमा काम नगर्ने अडान लिएर बसे भने त्यसले बिरामीहरुको के अवस्था हुन सक्छ । मेयर र तिनको पाटिले त्यतातिर के सोचेकोछ ?

मेयर जस्तो मान्छे जब डाक्टरसित त यसरी प्रस्तुत हुन्छिन भने आफ्ना नगरबासीसित कसरी प्रस्तुत हुन्छिन होला ? सर्बत्र यही उत्सुकता जन्मिएको छ । पत्रकारिता र राजनीतिमा देखिएका यी दुईटा बेग्लाबेग्लै घटनालाई हेर्दा यी क्षेत्रमा यसरी बिकृति आउनुको कारणको खोजी हुन नितान्त जरुरी छ ।

पत्रकारितामा हावी भएको सामाजिक सन्जाल अनि त्यसकै सिको सिकेर बुम र मोवाईल चलाउनेहरुले यी दुईका नामबाट चलाएको पत्रकारिता विरुध्दको अभियान र राजनीतिमा देखिएको भष्टाचार र बेथिति अनि पदमा भएकाले जे गर्दिएनि हुन्छ भन्ने विक्षिप्त मानसिकताले गर्दा ऐले राजनीति र पत्रकारिता दुबै बदनाम भएका र गराइएका छन् ।

त्यसैले सामाजिक सन्जालमा आउने सबै मान्छे न त पत्रकार हुन न त तिनले दिने सूचना समाचार हुन् ? यो कुरा जनतालाई बुझाउन नसकेसम्म यो छाडा राजनीति र बुमकारिताले समाजलाई अँझ जटिल बनाएर लैजाने छ ।

त्यसैले राज्यले यस्ता किसिमका विकृत मानसिकता भएका मान्छेलाई समयमै ठेगान लाउन सक्नु पर्दछ अन्यथा समाज पतनोन्मुखतिर जानेछ र यस्लाई रोक्न धेरै मूल्य चुकाउनु पर्नेछ । अब जो कोहीले नि आँफुलाई भाईरल हुने निहुमा समाजका लागि अपाच्य काम नगरौँ । बरु भाईर लै हुने हो भने राम्रो काम गरेर भाईरल हुम् यसमा कसैले अबरोध हाल्न सक्दैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.