खेलफूटबल

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे । खेलको १० औं मिनेटमा ब्रिल एम्बोलोले जोहान मानजाम्बीको पासमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा स्विट्जरल्यान्डले थप एक गोल गर्यो ।

दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल स्विट्जरल्यान्डले २-० ले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा प्रवेश गर्यो ।

स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.