खेलफूटबल

विश्वकप अन्तिम १६ : फ्रान्स र पाराग्वेका लागि फिलाडेल्फियाको गर्मी चुनौतीपूर्ण

विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्स र पाराग्वे खेल्दा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भएको छ ।

स्थानीय समयअनुसार साँझ ५ः०० बजे लिङ्कन फाइनान्सियल फिल्डमा हुने खेलमा तापक्रम करिब ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको छ ।

भीषण गर्मीको चेतावनीका बीच प्रतियोगितामा खेलाडीहरूको शारीरिक अवस्था प्रमुख चुनौतीका रूपमा देखिएको छ । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले मौसम सबै टोलीका लागि समान चुनौती हुने बताउनुभयो ।

“यो कुरा हामीले ध्यानमा राख्नुपर्छ, तर सबै टोलीका लागि अवस्था उस्तै हो”, उहाँले भन्नुभयो । फ्रान्सले चार खेलमा १३ गोल गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले फ्रान्सलाई ‘विद्युतीय आँधी’ को सङ्ज्ञा दिँदै यसको आक्रामक क्षमतालाई मुख्य खतराका रुपमा टिप्पणी गर्नुभयो । उहाँले गर्मीको चुनौतीलाई स्वीकार गरे पनि आफ्नो टोली त्यसमा अभ्यस्त रहेको दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस्
जलवायु संकटले दियो विश्वकप फुटबललाई ‘रेड कार्ड’

पाराग्वेले अन्तिम ३२ चरणमा जर्मनीमाथि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । शनिबारकै अर्को खेलमा क्यानडाले ह्युस्टनमा २०२२ विश्वकप सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको क्यानडा उच्च आत्मविश्वासमा रहेको छ ।

क्यानडाका प्रशिक्षक जेसी मार्सले मोरक्कोलाई ‘कमजोरीविहीन टोली’ भन्दै उच्चस्तरीय प्रदर्शन आवश्यक पर्ने बताउनुभयो । यता मोरक्कोका प्रशिक्षक मोहम्मद ओहाबीले नेदरल्यान्ड्सविरुद्धको जितलाई विगतको कुरा भन्दै अब प्रत्येक खेल नयाँ चुनौती भएको बताउनुभएको छ ।

मोरक्को र क्यानडाबीचको भिडन्तलाई यस चरणको महत्वपूर्ण खेलका रूपमा हेरिएको छ, जसको विजेताले क्वाटरफाइनल प्रवेशको नजिक पुग्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.