जन सरोकार

वन अधिकृत यादव घुससहित पक्राउ

सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उहाँलाई सेवाग्राहीसँग नगद रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार यादवले सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए÷नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनी उजुरी परेको थियो ।

आयोगको उक्त टोलीले प्रमुख यादवको साथबाट स्रोत नखुलेको रु एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ । टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका– ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.