कला/मनोरन्जनजन सरोकार

चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ ।

महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला शिक्षकमाथि लाञ्छित, अपमानित शब्द र भाव प्रयोग गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाइएको छ ।

उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासङ्घले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.