राशिफल

आजको राशिफल – २०८३ साउन ३ गते आइतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान्। समयमा रकम नजुट्नाले काम राेकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

आजको राशिफल

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। साेचेकाे काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सहयाेगीहरूले साथ दिन छड्नेछन्। काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ, सजग रहनुहाेला। कृषिक्षेत्रमा बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। कुनै सभामा सहभागी बन्ने अवसर जुट्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेट हुने समय छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। यात्राकाे साइत जुर्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। नयाँ आयस्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त लाभ हुनेछ। सट्टापट्टा र चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
विगतका कमजोरीले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तर प्रतिफलका लागि समय पर्खनुपर्नेछ। कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सामान्य आम्दानी भने भइरहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ। काम गरेरै नाम र दाम कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। पेसा-व्यवसायमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगाे काम थालनी हुने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
कामको चाप बढ्नेछ तर बन्दै गरेको काम स्थगित हुन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। आक्षेप लगाउनेहरूले दु:ख देलान्। वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले व्यवहारमा समस्या पर्न सक्छ। समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
प्रियजनसँग हुने भेटघाटले दिन रमाइलो बन्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साथीभाइका साथमा रमणीय स्थानकाे यात्रा हुन सक्छ। परिस्थिति जुट्नाले नयाँ काम थाल्न सकिनेछ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.