खेलफूटबल

फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड भयो तेस्रो, बुकायो शाकाको ह्याट्रिक

बुकायो शाकाको ह्याट्रिकको मद्दतमा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान भएको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो ।

अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक गरे । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै लिएको इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यस्तै खेलको १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३७ औं र पहिलो हाफको इन्जुरी समयमा शाकाले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।

दोस्रो हाफको ४८औं मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोललाई ४-१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ५४ औं ब्राडली बारकोलाले र खेलको ६६ औं मिनेटमा कप्तान एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ४–३ को स्थितिमा ल्याए ।

तर खेलको ८७औं मिनेटमा इंग्ल्यान्डका शाकाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोली ५-३ ले अघि रह्यो । दोस्रो हाफको इन्जुरी समयमा फ्रान्सका उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को सानदार जित दिलाए ।

त्यस्तै फ्रान्सका लागि दुई गोल गरेका एम्बाप्पेले गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.