बिचार

‘ब्याह’को हल्ला, सरकारको बल्ला !

हैन ! माओवादीहरु प्रदेशहरुमा काँग्रेस शीत सरकार बनाउन्नम् भन्दै हिँड्याछन् त कतै वली बाले माओवादीहरुलाई ब्या गरेर भित्र्याउने त भएनन् ?

के भन्न सकिन्छ र प्रचण्ड भन्ने मान्छे छेपाराले झैँ रङ्ग फेरेर नअघाउने र वली भन्ने जिनिस बतुराएर होसै नपाउने भएछि कतै रातारात एक पो भैसके कि के था भो र !?

केही न केही नभई त माओवादीका नेताहरले काँग्रेस शीत मिलेर सरकार बनाउन्नम् भनेर किन भन्थे र ? कि ऐले काँग्रेस भन्या कोहो भन्ने ठेगानै नभा हुनाले कोसित गठबन्धन गरेर सरकार बनाउने तनि भनेर यसो भन्यानि हुनसक्छ ।

हुन पनि माओवादीका साख्खै बा भनेका शेर बहादुर देउबा हुन् उनी सिङ्गापुरतिर ओखती गर्न गा मान्छे उतै ओखति गर्या गर्यै छन् । फिर्ता आउने ठेगानै छैन । अनि गगनसित गठबन्धन गरेर सरकार बनाम् भने गगन उईल्यैदेखि गठबन्धनको बिरोधी छन् ।

गठबन्धनको प्रस्ताव लेर जाम भने उल्टै झपारेर पठाउने हुन् कि भन्ने लाग्यो त्यै भएर माओवादीका नेताहरु ऐले दोबाटाँ पुगेर बाटो बिराउना बटुवा जस्तो भा छन् । कुन बाटो जाम कुन बाटो ।

त्यसो त नारानकाजी र शक्ति बस्नेतले कार्यकर्तालाई सरकार बनाउन हतार नगर भन्या आफ्ना नेता (प्रचण्ड) विदेशाट फर्केर आछैनन् त्यसैले नेता नआई सरकार कोसित गराउने भन्ने कुराँ हतार नगरम् भनेर भन्या नि हुनसक्छ अथवा साँच्चिकै प्रचण्डबाट ग्रिन सिग्नल आएरै काँग्रेस शीत मिलेर सरकार नबनाउने भन्यानि हुनसक्छ ।

अर्को कुरा एमालेसित एकीकरणको कुरा चलिरा बेला यै प्रदेश सरकार बनाउने कुराको पासो वलीतिर फालेर नि त वलीलाई अप्ठेराँ पारेर दुई कमिनिष्ट एक हुन नि त सक्छन नि । अब पाटी एकीकरण नभई र गठबन्धन नगरी पुराना दलले चुनाब जित्ने संकेत कतै देखिन्न ।

फागुनको चुनाबाँ जनताले भा जति सप्पै भोट रास्वपालाई दे ! पुराना दलका नेताजति सडकाँ निन्न्याउरो मुख लाएर हिँड्याछन । अनि रास्वपाका नेता कार्यकर्ताजति सत्ताको उन्मादमा जनताको टाउका टाउकाँ टेक्दै हिँड्या देख्दानि पुराना दलका नेता र कार्यकर्तालाई दिक्क त लाग्दोनि बिचरा आँखिर नेताले गतिलरि देश चलाइद्याभा आज यो यो दुर्दशा किन व्यहोर्नु पर्थ्यो र भन्ने त भा होला नि हैन र ?

के गर्ने हिजोका दिनाँ जनताको अपमान नगर्या भा ऐले त्यो भख्खर जन्म्या पाटीले ७५ बर्ष पुरानो पाटीको यो दुरदसा बनाउँदो हो ? त्यसैले राजनीति भन्या उर्लँदो भेल हो यसले मौका पर्या बेलाँ किनारा नि लाउँछ डुबाएर नि सिध्याउँछ भन्ने कुराको हेक्का राख्यो भने दुख पाइन्न हैन भने कुकुरले नपाउने दुख पाईँदो रैछ । हामीले देखित हालिम त हैन र ?

काँग्रेसका देउबाको के हाल भैराछ बिचरा ओखती गराउन गाका मान्छे फर्केर आफ्नो देश आउन सक्या छैनन् । अनि वली, वलीको त झन् के कुरा गर्नु, सत्ता गुमाएबाटै बतुराएका बतुराई छन् । झन् अदालतले छोडदेपछि त सारा ब्रह्माण्ड नै जितेसरि आँफुलाई नङ्ग्याउँदै गाछन् ।

धन्न कुन दिन फेरि पाटी अध्यक्षलाई सरकारी मेहमान बनाउँछन् । अनि तिनका प्रदेश सरकार बनाउन गर्या मेरा गोरुका बाह्रै टक्काका सपना कसरी लथालिङ्ग हुन्छन त्यै बेला था होला ?

ऐले प्रदेशाँ रास्वपाका सांसद नभएर चुरीफुरी गर्या छौ १ पछि हुने चुनाबाँ तिमरको बिउनै नभेटिने गरी प्रदेश कब्जा गर्देछि तिमरको त्यै शेखी पनि झर्छ अनि बल्ल था होला । त्यसैले पुराना दलहरु आपसाँ झगडा नगरीकन मिलि खाओ के !

कम से कम रास्वपालाई नि लागोस के शत्रुहरु मिले अब हामिनी होस गरेर हिँडनु पर्छ भनेर सोचुन । त्यसैले तिमरको बुध्दि छ भने तिनै दल मिलेर कुन प्रदेशाँ कुन पाटीको मुख्यमन्त्री हुने, तय गर अनि समस्याको समाधान खोज । सामाजिक सन्जालभरि रुवाबासी नगर । चेतना भया !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.