क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नेपालले नामिबियासँग खेल्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खलाअन्तर्गत नेपालले आज पहिलो खेल खेल्न लागेको हो ।

नेदरल्यान्ड्सको उट्रेचमा हुने खेल नेपाली समयअनुसार दिउसो २ः२५ बजे सुरु हुनेछ । आज नेपाल नामिबियालाई पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरिने योजनाको साथ मैदान उत्रदै छ भने नामिबिया पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

हेडतु हेड हेर्ने हो भने नेपालले नामिबियाविरुद्ध ८ भेटमा पाँचमा हार र २ खेलमा जित निकालेको छ । यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेल मा विजयी भएको थियो । लिग २ अंकतालिकामा नेपाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने समान खेलमा २२ अंक जोडेको नामिबिया सातौं स्थानमा रहेको छ ।

नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन बाँकी ८ खेलहरु जित्नैपर्ने दबाब छ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेचा ।

नेपाली टिम

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी ।

रिजर्भ खेलाडी 

सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.