क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको फितलो ब्याटिङ, दियो १५८ रनको लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपालले नामिबिया सामू जितको लागि १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबियाको सहभागिता रहेको छ । नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४६.५ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

नेपालको लागि कप्तान रोहित पौडेलले ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३० रन जोडे । त्यस्तै गुलसन झाले २० रन जोड्दा करण केसीले १८ आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाको लागि जेजे स्मिथले छ विकेट लिए भने ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जको भागमा समान दुई-दुई विकेट रह्यो । आज नेपाल नामिबियालाई पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरिने योजनाको साथ मैदान उत्रदै छ भने नामिबिया पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

हेडतु हेड हेर्ने हो भने नेपालले नामिबियाविरुद्ध ८ भेटमा पाँचमा हार र २ खेलमा जित निकालेको छ । यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेल मा विजयी भएको थियो । लिग २ अंकतालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ भने समान खेलमा २२ अंक जोडेको नामिबिया सातौं स्थानमा रहेको छ ।

नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन बाँकी ८ खेलहरु जित्नैपर्ने दबाब छ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.