राजनीति

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का बाहिरिएको छ । एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्रमार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नातर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेस गर्नुभएको हो ।

एमालेको ६३ जिल्ला अधिवेशन

प्रदेश सरकारहरूमा गठनबन्धन उलटपुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो ।

नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान रानीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएकाले आवश्यक संवैधानिक एवं कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ ।

यही साउन ४ गते सो दलको काठमाडौँमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.