राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८ः३० बजे बस्ने भएको छ ।

नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको छ ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि साउन १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.