बिचार

ऋण हाम्रो, सुरुङ सरकारको, किस्ता सन्तानको !

आर्थिक ब्यवस्थापन र मितव्ययिताका कुरा गर्ने अर्थशास्त्रीज्यूहरु भन्नुस् त अढाई किलोमिटर बाटो छोट्याउन २५ अर्बको ऋण लगाएर सुरुङ मार्ग खन्नु उचित हो कि त्यति पैसाले अर्को योजना बनाएर त्यो सम्पन्न गर्नु ठीक हो ।

हुन त नयाँ नौलो विकासको विरोधी रैछ यो भनेर मलाई तथानाम गाली गर्नुहुन्छ होला गर्नुस् ल १ तर, मैले भन्न खोज्या के हो भने हामी जस्ता गरिब मुलुकका मान्छेले त्यो नागढुङ्गा सुरुङ मार्गमा २५ अर्ब खर्चिनु भन्दा त्यै नागढुङ्गा सिस्ने खोलासम्म फोरलेन सडक बनाभा सडक नि बन्थ्यो र अर्को यौटा योजना नि पूरा हुन्थ्यो ।

तर, कमिनिष्टहरुलाई देखावटी विकास चाहिन्छ त्यै देखावटी विकासका लागि १६ बर्ष लाग्यो यो नागढुङ्गा सुरुङमार्ग पूरा गर्न । हुन त सरकारी व्यापार र पैशा कमाउन सुरुङमार्गको ब्यापार नि ठीकै छ ।

किनभने फोरलेन सडक बनाभा सरकारी वजेट मात्रै खर्च हुन्थ्यो तर यो सुरुङमार्ग बापत त पैसा उठाउन नि पाइयो अनि सरकारले पैसा कमाउन नि पायो १०/२० जना आफ्ना मान्छेलाई जागिर दिन नि पाइयो नेपाली नेताहरु भनेछि आफन्तलाई जागिर दिन नि पाइयो । अनि त्यै उठ्या पैसा भष्टाचार गर्न नि पाइयो यसाट फाईदा त दुबै छ ।

तर, पनि हाम्रो भनाई के भने हामी जस्ता गरिब मुलुकले त्यो जाबो ढाई किमि सडक छोट्याउन नि त्यत्रो जोरजुलुम किन गर्या होलान् भन्न खोज्या हो विरोध गर्न खोज्या चाईँ हैन है । हुन त अर्कासित ऋणै माग्या त हो आँफुले खर्च गर्या हैन त्यो जाबो ऋण तिर्न दशबीस बर्ष ढिलो गर्दिने वा तिर्नै सक्दैनम् भन्ने हो भने जापानले त्यसै पनि मिनाहा गर्छ ।

त्यसो त ७० पुरानो साथी जापानको यो ऋण लिएर काम गर्नाले भोलिका दिनमा अरु योजना आयोजनाँ नि सहयोग गर न त भन्ने हो भने जापानले सजिलै सहयोग गर्न सक्छ । खासमा भन्ने हो भने यो सुरुङ मार्ग हेरेछि अरुले नि यो जापानको टेक्नोलोजी आफ्नो देशमा भित्र्याउन सक्छन् र टेक्नोलोजी बेच्न पाएछि जापान पनि खुस ।

हाम्रो मुलुक फेरि यस्तै सुरुङमार्गै सुरुङमार्ग भित्र्याएर काम गर्ने खालको ठाउँ छ । डाँडाकाँडा पहाडै पहाडले बन्या देश त भैगो सुरुङ मार्ग बनाउन पाए कति सजिलो हुन्थ्यो भन्ने लाग्छ । हुन नि त्यै हेटौडाट दक्षिणकाली सुरुङ बनाउन पाए धार्मिक टुरिस्टले दक्षिणकाली कति भरिँदो र काठमाडौं आउन कति सजिलो हुँदो ?

सुरखेताट डुङ्गेश्वर सुरङ मार्ग बनाउन सके सुर्खेतेहरु काकाकुल किन बन्नुपर्दो हो ? दैलेखबाट नाग्म वा तातापानी सुरुङमार्ग बनाउन पा भा जुम्लाका स्याउ कति सजिलै बजार पुग्दा हुन् अनि जुम्लाको चन्दननाथ र मुगुको रारा पुग्नेको कति भिड लाग्दो ? अनि म्याग्दीबाट कागबेनी हुँदै कति अन्तर्राष्ट्रिय टुरिष्ट मुस्ताङ पुग्दा हुन अनि हामी कति सम्पन्न हुँदाम् ।

वास्तबमा यी ह्याँ लेखिएका ठाउँ त उदाहरण मात्रै हुन । नेपालाँ विकास गर्ने हो भने सुरुङमार्ग नै रोज्ने हो । तर ह्याँका भष्टाचारीका कारण दुई बर्षाँ हुने काम १५ बर्ष लाइदिन्छन र पो त !

विगत १५ बर्षदेखि शुरुभाको नागढुङ्गा बल्ल सिद्दियो तर सुरुङ मार्गैबाट भेरीको पानी बर्दिया पुर्याउन बनाइएको भेरीबबई डाईभर्सन भन्ने आयोजना २ वर्षाँ सकिन्छ भनेको चाईनिजहरले काम गर्दा २ बर्षमै काम सके त्यसपछिको ठेक्का जब वलिले नेपालीलाई दिए बस, त्यो नेपाली ठेकदार त्यै भेरीमा डुबुल्की मार्दैछ काम कैले सक्ने हो ठेगान छैन ।

त्यसैले आफ्नै मुलुकका ठेक्दारलाई काम दिने खालका योजनाले देशको हित होला जस्तो छैन । यस्तै महंगा आयोजना बनाएर काम गर्दा ठिकै होला जस्तो नि लाग्छ हेरौँ नयाँ नौलो सरकार आछ कसरी गर्छ हेर्दै जाम्न जे होला होला । हैन र सरकार !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.