रिमोटबाट चल्ने संघीयता, रमिते बनेका प्रदेश सांसद !
राजनीतिमा त समस्या उठेछि त्यसको समाधान खोज्ने हो अनि समाधान दिने हो । तर हाम्रा देशका नेता त समाधानको सट्टा झन समस्या पो पैदा गर्छन त हँ ?!
जब सातै प्रदेशका सरकार भत्किए तब ती प्रदेशाँ वली र प्रचण्डले मिलोमतोमा यौटा सम्झौता लेखेर त्यसमा गरिएका दुई हस्ताक्षरले प्रदेश सांसदाँ अनावश्यक दवाब पुग्दा विचरा उनीहरु केन्द्रको खेलौना भएको गुनासो गर्दैछन् ।
देशको कानुन र संविधानलेनै प्रदेश सभासदले स्वेच्छिक निर्णय लिन नपाउने र प्रदेश सरकारको लगाम केन्द्रसितै रहने व्यवस्था भएछि ऐले प्रदेश सरकार अन्यौलमा छन् ।
त्यै अन्यौलताकै कारण प्रदेश सभासद जति भात खान संघीय राजधानीका सुन्धाराका गल्ली गल्ली चाहार्दै छन् भने विना अस्थित्वको शरीर लिएर नेताका दैलो दैलोमा बिसाउँदै छन् ।
जननिर्वाचित भएर पनि यौटा वडा सदस्य जत्तिको पनि हैसियत नभएका प्रदेश सांसदहरु आफ्नै प्रदेशाँ बसेर केही निर्णय गर्न सक्दैनन् । आफ्नो नेताले जहाँ बोलायो त्यहीं पुगेर पुच्छर डोलाउनु पर्ने यस्तो संघीयता देशका लागि कैल्यै हितकर होला त ? तर पनि यै संघीयता ठीक अनि यै प्रदेश सरकारको नियम ठीक भनेर नेताको कुरामा सहि थाप्नु परेको छ
संसारका कुनै पनि मुलुक जो संघीयता अपनायर अघि बढेका छन् त्यहाँ कतै नेपालको जस्तो केन्द्रीय नेता शासित परिपाटी छैन । प्रदेश भनेछि उनीहरुले आफ्नो निर्णय आँफै गर्छन । नेपालको जस्तो दुईटा पाटीका नेता बसेर जे चायो त्यो गर्न पाईँदैन ।
तर, नेपालको शासन प्रणालीमा देखिएको यो विकृत प्रणाली जवसम्म भत्काउन सकिँदैन र प्रदेशले स्वऐच्छिक निर्ण गर्न जबसम्म सकिँदैन तबसम्म नेपालका लागि यो प्रदेश प्रणाली अभिशाप ठहर्नेछ ।
जतनमन्तको संख्यामा रहेका नेतृत्व, कर्मचारी प्रशासन, अनावश्यक आर्थिक खर्चका बाटाहरु अनि त्यसकै निहुमा भएका भष्टाचार, अख्तियारमा देखिएका भष्टाचारका मुद्दाका चाङ यी सबै कारणले गर्दा ऐलेको जेनजी सरकारले स्थानीय निकायको संख्यामा कटौती र प्रदेश सरकारको स्वरुप नै पूर्ण परिवर्तनका नाममा बजेटमा जुन संकेत गरेको छ यसले गर्दा पनि प्रदेश सरकनर बदनाम भैरहेको छ ।
यस्तो अवस्थामा नेताहरुले गरेको ब्यवहारले गर्दा कुनै न कुनै दिन विष्फोट हुनसक्छ र यसले नेताहरुलाई नराम्रोसित पछार्न सक्छ । यद्यपि ऐले कमिनिष्ट जति एक भएर प्रजातान्त्रिक शक्तिलाई राजनीतिबाट सदाका लागि सिध्याउन वली र प्रचण्ड त्यै समीकरणमा प्रदेश सरकार बनाउन जुटिरहेका छन । र, सबै प्रदेशमा एमाले मनओवादिको सरकार बन्दैछ ।
यै सरकारका कारण अबको ८/१० मैनापछि हुने चुनाबमा ऐलेकै बालेन सरकारको पाटीले देशका सबै निकायमा रास्वपाकै नेतृत्व र सबै प्रदेशमा रास्वपाले नै चुनाब जितेर यिनीहरुलाई रुँदै हिँडने बनायो भने यिनले त्यसबेला कार्यकर्तालाई के भनेर हिँडने हुन थाहा छैन ।
दिन दिन सुध्रिनुको सट्टा झनझन् नेता तथा कार्यकर्ताको मन दुखाउन वली र प्रचण्ड जुन खेलमा लागेका छन् यो उनीहरुको राजनीतिक जीवनमा भारी पर्न सक्दछ ।
कैले प्रचण्ड र कैले वलीको पछि लागेर राजनीतिलाई सत्ता केन्द्रित बनाएर हिँडदा देशकै सबैभन्दा पुरानो र भरपुर जनमत भएको काँग्रेस पाटीको ऐले हालत के भएको छ र भोलिको दिनमा झन कसरी भासिँदैछ त्यो हरेक नेपालीले बुझेका छन् ।
ठीक त्यस्तै जनता र नेताको नजरमा गिर्ने हर्कत वली र प्रचण्डले गरिरहेका छन् यसलाई समयमै सम्हाल्न सकिएन र कमिनिष्टका नाममा जे मनलायो त्यै गर्न थालियो भने तिनै नेता तथा कार्यकर्ताले वली र प्रचण्डलाई राजनीतिबाट मात्रै हैन कि गाउँ समाजबाटै चाहाडन सक्छन ।
त्यसैले पाटि अध्यक्षका नाममा वली र प्रचण्ले जुन निरंकुशता र अधिनायकवादी शैली अपनाइरहेका छन् यो देश विकास र समृद्धिकै निम्ति घातक छ ।
त्यसैले प्रदेश माननियज्युहरु यै हो मौका मुख खोल्नुस् र आफ्नो अस्थित्व बचाउनुस् नत्र प्रदेशमा “बुढिमरि भन्ने चिन्ता हैन कि काल पल्कियो भन्ने चिन्ताले” सताउनेछ र प्रदेश सभासदको अस्थित्व सधैका लागि समाप्त हुनेछ ।




प्रतिक्रिया राख्नुहोस्