राजनीति

रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ ।

पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उहाँले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उहाँले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहनुभएको छ ।

सभापति लामिछानेले उहाँहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.