राजनीति

रास्वपाको पतन छिट्टै हुनसक्ने महासचिव पोखरेलको दाबी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय जति तीव्र गतिमा भएको छ, त्यसको पतन पनि त्यत्तिकै छिटो हुनसक्ने दाबी गर्नुभएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा एमालेका लागि दीर्घकालीन चुनौती नभएको टिप्पणी गर्नुभयो।

“यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ। जति छिटो उदय भएको छ, त्यति नै छिटो पतन हुन सक्छ,” उहाँले भन्नुभयो।

उहाँले एमालेले आफ्नो संगठनलाई थप सुदृढ बनाउँदै पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पुनः पार्टीसँग जोड्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयो। “हामीले पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पुनः पार्टीसँग जोड्ने कामलाई तीव्रता दिनुपर्छ,” उहाँले भन्नुभयो।

यसै गरी महासचिव पोखरेलले एमाले गरिबी सिर्जना गर्ने नभई गरिबी अन्त्य गर्ने पार्टी भएको दाबी पनि गर्नुभयो। “एमाले गरिब जन्माउने पार्टी होइन। गरिबी सामन्तवादी व्यवस्थाले जन्माएको हो। त्यसबाट जनतालाई मुक्त गर्ने पार्टी एमाले हो,” उहाँले भन्नुभयो।

उहाँले मुलुकमा गरिबी न्यूनीकरणमा एमाले नेतृत्वका सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको दाबी गर्दै पञ्चायती व्यवस्था अन्त्यतिर करिब ४५ प्रतिशत रहेको गरिबीको दर घटाएर करिब २० प्रतिशतमा ल्याउन सफल भएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.