राजनीति

सङ्घीय संसद्‌ सचिवालयमा एकैदिन नौ विधेयक दर्ता (सूचीसहित)

सङ्घीय संसद् सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित नौ वटा विधेयक शुक्रबार दर्ता भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को हालैको निर्णयका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलापसम्बन्धी (तेस्रो संशोधन) विधेयक, २०८३, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (तेस्रो संशोधन) विधेयक, २०८३ रहेका छन् ।

यस्तै राष्ट्रियसभामा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ र सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ दर्ता भएका छन् । प्रतिनिधिसभाको बैठक यही साउन १९ गते मङ्गलबार र राष्ट्रियसभाको बैठक यही साउन १८ गते सोमबारका लागि तोकिएका छन् ।

सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामति कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकसहित १६६ विधेयक सदनमा पेस गर्ने एकीकृत विवरण घोषणा गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.