जन सरोकार

सुनकोशी नदीमा कार खस्यो, तीन जना बेपत्ता

सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ ।

सोमबार बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ ।

उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो ।

उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.