बिचार

मल, ग्यास र नागरिकता फोटोकपीको महागाथा

हैन ! यो नेपालीको पहिचान दिने भनेर कल्ले कल्पना गर्या हो कुन्नि यो नागरिकता भन्ने चिज । ठाउँ कुठाउँ रहर लहड, बाध्यता आवश्यकता जाँ पनि यै नागरिकतै चाइयो भनेर हैरान गर्छन बा !

बिजुली माग्न गयो नागरिकतै पानीमा नागरिकतै । बैंकाँ जाउ नागरिकतै, माल अड्डाँ जाउ नागरकितै, नापी जाउ नागरिकतै, सिंहदरबारभित्र छिर्छु भनेर गेटाँ उभ्यौ नागरिकतै ! हैन कति सस्तो बना हुन के यो नागरिकता !

हुँदाहुँदा ऐले त मल किन्न जाँदानि नागरिकतै अरे अनि ग्याँस लिन जाउ नागरिकतै रे । नागरिकता देखाएर लिन गाको चिज पाए त हुन्थ्यो नि त्यो पनि छैन ।

अल्लि अस्तिनै एक क्विन्टल मल लिनु पर्ने भो र सहकारीयाँ गएँ नागरिकता जम्मा गरेर लाइनमा नाम समेत लेखाएर लाइन बसियो तर अन्त्याँ मेरो पालाँ मल त सकियो भने, त्यसपछि कैले आउँछ त मल भन्या १० दिनपछि भने दस दिनपछि गको मलको कोटै छैन भनेर फर्काइदिए ।

यस वर्ष खेताँ मलै हाल्न पाइएन । त्यहीँबाट सरकारको जय जय भनियो हिँडियो । ल ठिकै छ पहुँच बिना यो मुलुकाँ बाँच्न पाइन्न भन्ने त थाथ्यो तर यसरी प्रमाणितै भको अवस्था थेन तर आँफैले ब्यहोरियो ।

अब यो मुलुकाँ हामीजस्ता मान्छेको हक छैन भन्ने लाइराथ्यो। आज फेरि घरकाले ग्याँस सकियो भन्न लाए । के गर्ने होला त भन्ने सोच्दै थिएँ । सामाजिक सन्जालाँ ग्याँस सर्टेजका समाचारसितै ग्याँस किन्न ‘नागरिकता’ चाहिने भन्ने देखें त्यो नागरिकता भन्ने बित्तिकै फेरि सझङ्ग भएँ ।

जसरी नागरिकताले मल दिएन त्यसै गरी अब यो नागरिकताको खेलले ग्याँस दिन्न वा पाइन्न भन्ने डर मेरो मनमा पैदा भैरहेको छ । ल ठिक्छ कुनै परिवारमा नागरिकतै बनाउने उमेर नभाका लालाबाला होलान् र तिनकी संरक्षक गोडा असी बर्ष नाघेकी होलिन अनि नागरिकतै कजाउन नसकेकी वा नबनाई दिएकी बृध्दा होलि के त्यसो भए त्यो परिवारले ग्याँसै नपाउने, अनि उनिहरु भोकभोकै मर्ने ।

हैन कसले ल्याउँछन् के यस्ता समाधानका उपाए ? के ग्याँस र मल पाउने उपाए भनेको अथवा त्यसको सोलुसन भन्या नागरिकता हो त ? यसको समाधानको उपाए भन्या त आबस्यकताका बस्तु नागरिकलाई चाइने र उनरले मागे जति दिने हैन र ?

अनि आफ्नो देशको आवश्यकता पूरा हुनेगरी राज्यसित जम्मा हुनुपर्ने हैन र ? कि नागरिकताको फोटोकपी अगाडि तेस्र्याइदेछि नागरिकले त्यो चिज सहजै पाउँछन् ? हाम्रो देशका प्रशासक वा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिका नि क्या गजब गजबका सोच छन् । आइपर्ने समस्याको समाधान छैन, जनता बेबकुफ बनाउने क्या गजबका दिमाग छन् ।

त्यसैले त होला यो देशको हविगत यस्तो भको । गर्ने र सोच भाका मान्छेले त गरेर देखाउँदा रैछन त ग्याँस सर्टेज चितवनाँ नि रैछ । खै त त्याँका सिडिओले नागरिकता लेर आउ भन्या छैनन् ।

बरु ग्याँस नपाउने, अशक्त अनि जसको चल्हो बल्या छैन तिनको घरघरमा ग्याँस पुर्याउन लगाईद्याछन् अनि जनतालाई सुख द्याछन् । समाधान गरम भन्ने सोच भएत हुँदोरैछ त । खै त ग्याँसको समाधान नागरिकता हो भन्ने सोचेर बस्या भा चितवनका जनताले सरकारबाट सेवा पाउँथे ?

त्यसैले सुर्खेतका ग्याँस बेच्न खटिने प्रशाशक र आयल निगमका कर्मचारीज्युहरु हरेक मान्छेले सहज तरिकाले ग्याँस पाउने उपाए सोच्नोस, गैर नागरिकलाई ग्याँस नदिने सोच बनाउनु भो भने तपाईंको जिल्लाँ बस्ने नागरिकभन्दा गैरनागरिक अर्थात भारतीय जो बेरोकतोक नेपाल बस्न नि पाउँछन् ।

अनि नेपाली पनि भारताँ गएर बस्न पाउँछन् र बसिरहेकै छन् अनि भारतीयले नेपालाँ र नेपालीले भारताँ ग्याँस नपाउने हो भने के हुन्छ हालत बताउन सक्नुहुन्छ ।

हो त्यसैले ग्याँस दिने उपाए सोचम् नागरिकाताका प्रतिलिपि समाधानको उपाए हैन । दुई तिहाइको सरकार तपाईंहरकै छ । सरकारको प्रतिनिधि बनेर तपाईंहरु नै बस्नु भाछ हामी के भनम् !?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.