प्रदेशबागमती

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् । सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।

सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

“सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ”, उहाँले भन्नुभयो, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।”

नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलहरूसँग छलफल गर्नुभएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्दै राजनीतिक अन्योलताको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका छ दल सहभागी छन् । सिट सङ्ख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३६ सिट छ भने नेकपाको २६ र एमालेको २५ सिट छ ।

त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेस नेतृवको सरकारबाट समर्थन फिर्ता सहित एमाले बाहिरए पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा सरकार निर्माणले निष्कर्ष पाउन सकेको छैन ।

नेपालका पुराना राजनीतिक शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र एमालेले प्रदेशकमा अन्य दलको समर्थन लिएर आ–आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.