जन सरोकार

विभिन्न स्थानबाट खैरो हेरोइनसहित छजना पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरलेले काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट छजनालाई अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

ब्यूरोले काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा ४३ ग्राम खैरो हेरोइन, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद रु ५० हजारसहित तीनजना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवानलाई पक्राउ गरेको हो ।

त्यसै गरी, बर्दिया, बाँसगढी नगरपालिका–५ मैनापोखर चोकबाट ५४० मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् ।

झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका–१२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.