सुर्खेतको न्युरोड : दुई वर्षदेखि अलपत्र, जिम्मेवार को ?
हैन ! सुर्खेत वीरेन्द्रनगरको न्युरोड नामको सडकको बिषयाँ धेरै मान्छेले चिन्ता गर्या सुनियो । तर, त्यो बाटो बनाउन न त नगरपालिका न त ठेकेदार कसैले नि चिन्ता गर्या देख्खिएन । त्यो बाटो भत्काको नि दुई बर्षै हुन लाए होला सायद तर, बनाउनतिर ध्यान देको देख्खिएन ।
आफ्नो नगरभित्रको सडक अलपत्र परिरहँदा त त्यसको मर्मत सम्भार वा नवनिर्माण गर्ने काम त सायद स्थानीय निकायकै हुन्छ होला । तर स्थानीय जनप्रतिनिधि किन यसरी रुल्लटुल्ल पर्दा रैछन कुन्नि ?
यति लामो समयसम्म बाटो नबनेछि बाटो भत्काउन मात्रै ठेक्का द्या हो ? बनाउन ठेक्का द्या हैन भने नि नगरपालिकाले नगरबासीहरुलाई स्पष्ट हुने गरी यौटा सूचनामार्फत जानकारी दिनुपर्यो कि, हाम्ले भत्काउन मात्रै ठेक्का द्या हुम बनाउन दिएका छैनम् है भनेर ।
किनभने यो युग भनेको सूचनाको युगमात्रै नभएर हाम्रो संविधानले नागरिकलाइ सुसूचित हुने अधिकार पनि द्याछ । यदि त्यो सडक बनाउने ठेक्का द्या छैन भने, नगरसित पैशा हुँदाका बखत बनाउने छम् वा ऐले नगर वा वडासित पैसा नभएको र प्रदेश र संघ सरकारलेनि बजेट नदिएकोले अर्को बर्षमा बजेट जुटाउन सकियो भने बाटो बनाउने छम् भनेर जनतालाई वास्तविक कुराको जानकारी दिन पनि त सकिन्थ्यो ?
राजधानी जस्तो ठाउँका नगरपालिकाहरु त यस्तो गर्छन भने दुरदराजका स्थानीय निकायले नागरिकप्रतिको भूमिका र जिम्मेवारी सहज निभाएका होलान त ? त्यो भत्काको सडक बढीमा २०० मिटर लामो होला तर त्यो बाटो भत्काउने ठेकेदारले दिनकै ४ सय मिटर लामो गाली खान्छ होला ।
विचारो ठेकेदार अनाहकाँ दिनकै गाली खान बाध्य छ । मान्छेले के सोचेभने जस्ले भत्काउने ठेक्का ल्या हो उसले बनाउने ठेक्का ले र नि यो हरिविजोग बनायो भनेर नबुझिकनै बिचरालाई त्याँ हिँड्ने हरेक मान्छेले पाँडे गाली गर्छन ।
गालीले मात्रै मान्छे नमर्ने भा हुनाले त्यो मान्छे आजसम्म बाँच्या होला अन्यथा गालीले मान्छे मर्ने भए त कैकालै त्यो बिचारो ठेकेदार ठहरै पर्थ्यो होला ।
त्यसो त कर्नाली प्रदेशका आधाअधुरा र नयाँ निर्माण गर्नुपर्ने सडक हेर्न केई दिन अघि सडक मन्त्रीकै दौडाहा आथ्यो अनि यै क्षेत्राट माननीय भा का मान्छे नि मन्त्रीसितै हिँड्या भन्ने सुनिन्थ्यो त्यै बेलाँ कमसेकम नगरपालिकाले नभनेनि सुर्खेतका रास्वपा नेताहरु जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षले नि यो बाटोको बिषयाँ बोल्द्याभा र अनुगम नै गराईद्याभा कमसेकम राजधानीको सडक हो नगरले नहेरे नि संघले हेर्छ भन्न त सक्थे होला नि मन्त्रीले तर हामी जनता पक्षाँ त्यत्ति बोल्दिने मान्छे नि भएनन् ।
त्यसैले त हामी सँधै पछिका पछि पर्ने भयौँ । पुराना दल त त पुरानै भए हाम्रा लागि गर्देनन रे १!? तर सबैचिज गर्छम् कर्नालीलाई, हनुमानले सिङ्गै पर्वत उठाएर ल्याएर भगवान रामका अगाडि फाल्दे झैँ हामी पनि कर्नालीलाई जुरुक्कै उठाएर कर्नालीका जनता अगाडि फाल्दिन्छम भनेर रटना लगाउने घण्टी छापहरले नि किन यो बाटोका विषयाँ नबोल्द्या र नहेर्द्या होलान् ?
कतै ऐल्या सरकारका नेताहरले यो न्युरोडको बाटोको दुराबस्था बार्याँ थाहै नपाको पो हुन कि ? त्यसैले नि बाटो अधुरै रको नि हुनसक्छन नि ।
त्यसैले न्यूरोडको बाटोको बिषयाँ एकचोटि रास्वपा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षलाई जानकारी दिनुपर्यो । लौ त्यो बाटाछेउमा बस्ने लाभग्राहीहरु को को हुनुहुन्छ नेताहरकाँ गएर जानकारी गराउनोस् । ह्वाँहरले भन्नू भाकै छ, विकास निर्माण गर्ने कुराँ हामी पछि पर्दैनम् । जानकारी मात्रै पाउनु पर्यो तु काम हुन्छ भनेर ।
त्यसैले कुरो बुझम् यो पुरानो पाटी हैन नयाँ हो । “चट् मगनि फट् व्या” भन्ने उखान सुन्नु भाकै त होला, हो त्यसलाई कार्यान्वयन गर्ने पाटी भनेकै रास्वपा हो । कुरो बुझ्नु भो त न्यूरोड नगरबासीज्युहरु !



प्रतिक्रिया राख्नुहोस्