नयाँ हाकिम आए, लागूऔषध भाग्यो; पुराना भए- धन्दा फर्कियो !
सुर्खेत जिल्ला पुरानो ब्यवस्थाँ नि विकास क्षेत्रको सदर मुकाम नै भएको र ऐले जेनजीको सरकार बनेछि नि कर्नालीको सदरमुकाम नै भा हुनाले पनि होला आधुनिक सोसाईटीको देखासिकि सिकेको यो शहरका युवायुवतीहरु लागूौषधमा अलि बढी नै तल्लिन देखिन्छन् ।
लागू औषध किनबेच ओसार पसार र सेवनमापनि सुर्खेतको वीरेन्द्रनगर गिनेचुनेकै शहरमा पर्दछ । लागूऔषधको लतमा परेका युवाहरुको संख्याकै कारण यहाँरिह्याब सेन्टरहरु पनि युप्रै छन् ।
शुरु शुरुको अवस्थामा प्रहरीका हाकिमहरुले नि लागूऔषध नियन्त्रणमा खुब ईन्टरेस्ट दिएको देखिन्थ्यो । गत वर्ष प्रहरीमा हाकिम भएर आउनु भएका प्रहरी प्रमुखज्युलेनि लागू पदार्थवालाहरुको भागाभाग पारेको र उनीहरुवाट रिभल्वर समेत फेला परेको समाचार समेत पढन पाईयाथ्यो ।
बिस्तारै प्रहरी हाकिम साहब पनि पुरानो हुँदै जानू भो त्यसपछि लागुपदार्थ किन्ने, बेच्ने, खाने सबैको संख्या बढदै गयो । खासमा सुर्खेतमा जब जग्गाजमिनको मूल्यमा अत्यधिक बृध्दि भयो अनि यहीसितै जग्गा किनबेचमा युवाहरुको ठूलो जमात जग्गा किनबेचको कारोबारमा संलग्न भयो ।
उनीहरुको व्यापार केही बर्ष यसरी मौलायो कि उनीहरुले अत्यधिक पैशा कमाउन थाले, गाडी, मोटरसाईकल, होटेल रेष्टुरेन्ट जहाँ जहाँ गएर आनन्दको जीवन विताउन चाहन्थे विताए तर पनि उनीहरुले कमाएको पैशा सकिएन ।
बजारमा राखेका सामान किन्दा उनीहरुले दस गुना बढी मूल्य दिन्थे र भोलिपल्टदेखि सामान्य मान्छेले त्यो सामान किन्नै सक्थेनन् । करिब ८/१० वर्ष जग्गा दलालहरुको विगविगी सुर्खेतमा निकै चल्यो । अथाह रुपमा कमाएको पैशा खर्च गर्ने र जग्गा बेचेरै मोजमस्ती गर्ने यहाँका पुगिसरी आएका मान्छेका सन्तानहरुले बढी भन्दा बढी आनन्द लिने चाहनाले पनि वीरेन्द्रनगरमा लागूऔषधवालाहरुको संख्या ह्वात्तै बढायो ।
ऐले त हाम्रो कर्नालिभरि एकहजार भन्दा बढी युवायुवती लागू औषधमा जोडिएका छन् र कोही बेच्ने त कोही खाने अनि कोही वसारपसार गर्ने ब्यवसायमा लाग्दा दक्षिणको भारतको बोडरको जिल्ला बाँके, बर्दिया, कैलालीदेखि उत्तरको हुम्ला जिल्लामा समेत लागूऔषध वालाहरु फिँजारिसकेका छन् ।
प्रहरीबाटै प्राप्त तथ्यांककै कुरा गर्ने हो भने नि एकहजार बढी युवायुवती लागूऔषध सेवन तथा किनबेच र ओसारपसारमा संलग्न भएको देखिन्छ । बेलाबेलामा प्रहरीहरु पनि यसको सफाया गर्न लागि परेकै देखिन्छन । यतिसम्म कि सरकारले नै लागूपदार्थ विरुद्धको अभियान नै चलाउने भनेर वर्षभरिमा एकसाता त नियमित कार्यक्रम नै राखेको हुन्छ ।
जिल्लामा सुरक्षा निकायभित्र यसको रोकथामका लागि छुट्टै सेल खडा गरिएको छ र उक्त सेल रातदिन लागूऔषधवालाहरुको खोजविनमा जुटेकै हुन्छ तर, पनि भारतीय सीमाबाट हामीकहाँ न त लागूऔषध आउन कम भएको छ न सेवनकर्ता र वसारपसारवालामा कमी आएको छ ।
राज्यको संयन्त्र रातदिन जुटेको जुट्यै गर्ने त्यसमा कमी नआउने भएछि अब सम्बन्धित निकायहरुले अध्ययन, अनुसन्धान, वसारपसारको तरिका व्यक्ति पहिचानका कुराहरुमा नयाँ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ ।
सीमा पार गरेर गएका ब्यक्रि अनि तिनिहरु बोर्डरबाट फर्किँदा उनिहरुले ल्याएको सामान र बाहनको राम्रोसित खान तलासी गर्ने र कर्नालीभित्र छिर्ने सडकहरुमा चेकजाँचलाई कडा बनाउने र प्रहरीहरुसित यौटा मनोविज्ञान बुझ्ने मान्छे साथमै भएर खानतलासी गर्ने हो भने लागू औषधको यो डरलाग्दो परिणामबाट पार पाउन सकिन्छ ।
यसमा सुरक्षा निकाय सँगै औषधि व्यवसायी तथा वितरकहरुले नि इमान्दारीपूर्वक काम गरिदिने हो भने लागूऔषधमा फसेका युवा युवतिहरुलाई पुरानै अवस्थामै फर्काउन सकिन्छ भने नयाँलाई त्यो बाटोमा नजाने बनाउन सकारात्मक परिणाम आउन सक्छ ।
यो अभियानमा तिनका अभिभावकहरुलाई पनि जोडन सकियो भने पनि यसले सार्थक परिणाम ल्याउन सक्छ । प्रहरीले लागू पदार्थ सेवनकर्ता वा विक्रेताका रुपमा पक्राउ गरेर केही दिन राख्यो र छोड्यो वा छोरा छोरी पक्राउ परे भनेर पुलिसकाँ आएर अभिभावकले छुटाएर लग्यो अनि त्यसको भोलि पल्टै तिनले मागेजति पैशा दिएर उसलाई खुसी पार्यो भने पुलिस एक्लैले यो अभियान सफल बनाउन सक्दैन ।
त्यसैले लागूपदार्थबाट छुटकारा पाउने हो भने अभिभावक, छिमेकी, गाँउसमाज, साथीसंगति, वडा प्रतिनिधि सब्बै एक भएर लागूपदार्थ विरुद्ध जुटदै लागूपदार्थवालाहरुले थाहा नपाएको नयाँ टेक्निक प्रयोग गरेर पक्राउ गर्न सक्यो भने योबाट पार पाउन सकिएला अन्यथा परिणाम सकारात्मक निस्केला त्यस्तो लाग्दैन । के सम्बन्धित निकायहरु नयाँ तरिकाले प्रस्तुत हुन तयार होलान ?



प्रतिक्रिया राख्नुहोस्