राजनीति

आठ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’, यस्तो छ अवधारणापत्र (पूर्णपाठ)

आठ राजनीतिक दलले अग्रगामी मोर्चाको घोषणा गरेका छन्। शनिबार काठमाडौँको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै आठ राजनीतिक दलले अग्रगामी मोर्चाको घोषणा गरेका हुन् ।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र बहुजन एकता पार्टी नेपाल रहेका छन् ।

यस मोर्चामा नेताहरूमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. सीके राउत, जनार्दन शर्मा, रेशम चौधरी, प्रभु साह, सन्तोष परियार, रिजवान अन्सारीलगायत नेताहरू रहनुभएको छ । मोर्चाको प्रस्तावनामा सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखिएको छ।

मोर्चाको मुख्य एजेन्डा विधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्र रहेको छ ।

मोर्चाका मुख्य उद्देश्यहरूमध्ये नेपालको विविधतालाई राष्ट्रिय शक्तिको रूपमा लिँदै ‘एकताभित्र विविधता’ को सूत्रमा बाँध्ने र सीमान्तकृत समुदायमाथि भएका अन्याय र विभेद अन्त्य गर्दै उनीहरूको राष्ट्रिय र जातीय पहिचानलाई मान्यता दिने कुराहरू समेटिएका छन्। जात, जाति, वर्ग, लिङ्ग, र धर्मका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै सामाजिक न्यायको प्रत्याभूति गर्ने मोर्चाको लक्ष्य छ ।

त्यस्तै मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम, पिछडावर्ग, लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर सङ्घर्ष गर्ने जनाएको छ।

यस्तो छ अवधारणापत्र

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.