जन सरोकार

घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ ।

तीन जना पक्राउ

वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको सवारीसाधनमा लुकाईछिपाई राखेको घरेलु मदिरा शनिबार नियन्त्रणमा लिएको नायब प्रहरी उपरिक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्लास्टिकको बोराभित्र १०८ पोकामा दुई हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेकाले सवारीसाधनसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिई उक्त सवारीसाधन र घरेलु मदिरा बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हेटौँडाका मनोजकुमार थिङ र बाराका कोपिला गुरुङ, रोनु तामाङ र माया पाख्रिनलाई पनि नियन्त्रणमा लिएको छ ।

साथै सोही ‘अपरेसन’का क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–१५ त्रिशूल चोकस्थित गैरकानुनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोकामा एक हजार ३०० लिटर घरेलु मदिरा बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.