जन सरोकार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाँजा तथा लागुऔषध सेवन गरी अवाञ्छित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।

आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.