अर्थ

चार हजार आठ सयले बढ्यो सुनको मूल्य, प्रतितोला तीन लाख नाघ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८०० ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो ।

प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.