अर्थसेयर बजार

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ ।

शुक्रबार विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर रु चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको सेयर मूल्य बढेको छ ।

बैंकिङ शून्य दशमलव ७८, व्यापार एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव शून्य पाँच, हाइड्रोपावर एक दशमलव ८३, वित्त शून्य दशमलव ४६, निर्जीवन बिमा एक दशमल ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ९७, जीवन बिमा शून्य दशमलव ९७, लगानी एक दशमलव ५८ र अन्य शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

शुक्रबार २३८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घट्नुका साथै नौ कम्पनी स्थिर छन् । नेप्सेका अनुसार शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी शुक्रबार मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, ओममेगाश्रीलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.