जन सरोकार

हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्ष : प्राविधिक साह

प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् ।

त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह आठ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ गाउँ पुगेका थिए ।

बाढीमा परेर नौ दिनसम्म सम्पर्कविहीन रहेको साहलाई १०औँ दिन त्रिशूली ३‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् ।

साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर र मिठाई बाँडेर स्वागत गर्दै खुसी साटासाट गर्नुभएको हो । बाढीको कारण सम्पर्कविहीन भएका दिन बित्दै थियोे । छोराको भेटिने आश मर्दै गएको बेला छोराको उद्धार भएको सामाजिक सञ्जालमा देखेपछि भगवान्को चमत्कार भएको महसुस भएको सञ्जयका बुबा रामफल साहले बताउनुभयो ।

सञ्जयकी पत्नी लक्ष्मी साह भन्नुहुन्छ, “मेरो श्रीमान् भेटिनु हुन्छ भन्ने आश मारिसकेको बेला मेरो सिन्दूर, छोरीको बाबालाई भगवान्ले दोस्रो जन्म दिएर पठाउनु भएकामा भगवान्, सुरक्षाकर्मी तथा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साहले भन्नुभयो, “बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ तर हामीसँग समय कम थियो । बाढी आउनै लागेको जानकारी पाएका थियौँ । साथीहरूलाई निस्किन भन्दाभन्दै र आफूबाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन । एकै ठूलो छालले छोप्यो साथीहरू कहाँ कहाँ कसरी पुग्नुभयो ? थाहा भएन ।”

म फसेको अँध्यारो डरलाग्दो सुरुङभित्र दिन हो कि रात पत्तै हुँदैनथ्यो । दुई तीन दिन भेन्टिलेसनमा बसेर बिताए । एक गेडा खानेकुरा थिएन । माटो मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी रसाउनुको विकल्प थिएन तर नडराई महामन्त्र जप गरे । अनि हिम्मत बढ्यो । पुनर्जीवन पाएकामा खुसी लागे पनि साथीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि दुःख लागेको छ ।”

साहले सुरुङमा बिताएको १० दिन मानवले गर्न नसक्ने सङ्घर्ष थियोे । प्रत्येक क्षण बाँच्नका लागि सङ्घर्ष भए पनि परिणाम भने मृत्युु देखिन्थ्यो । चारैतिर अँध्यारै अँध्यारो भएपछि रात र दिन छुट्याउन कठिन थियोे । बाढीेले सुरुङको स्वरूप नै परिवर्तन भएपछि बाटो पहिचान गर्ने अवस्था नभएपछि मरेतुल्य भएको महसुस हुन्थ्यो ।

उहाँले भन्नुभयो, “उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि बाँच्ने आशा जागेको बताउनुभयो । उहाँले सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि गरिएको असम्भव सङ्घर्ष थियो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.