बिचार

वीरेन्द्रनगरमा उल्टो विकास : पानीको योजना अलपत्र, खर्चको धारा खुला

कतिलाई था छ छैन सुर्खेतको वीरेन्द्रनगर राजा वीरेन्द्रको परिकल्पनामा बनेको शहर हो । नेपालको पैलो प्लानिङ सिटीको रुपमा रहेको वीरेन्द्रनगरको योजना २९ सालदेखि लागू भयो र यसलाई राजा वीरेन्द्रले कुनै मुलुकबाट आर्थिक सहयोग लिएका थिएनन् ।

यो शहर विशुद्ध तत्कालीन श्री ५ को सरकारको विशुद्ध लगानिमा सिनियर प्लानर माधबभक्त माथेमाको नेतृत्वमा कल्पनामा डिजाइन र नक्साङ्कन गरि बनाएको शहर हो वीरेन्द्रनगर ।

यो शहर बनाउँदा यहाँका धेरैजसो नगरबासीले आफ्नो अचल सम्पत्ति अर्थात जग्गा गुमाएका छन् । खास गरी ऐलेको ७ नं वडाबासीका जग्गाजमिन सरकारले पञ्चहरुको मनखुसीमा नगन्य क्षतिपूर्ति दिएर बनाएको शहर हो वीरेन्द्रनगर ।

यो शहर बनाउनमा सम्पूर्ण कटकुवालीहरुको योगदान छ त्यसैले यो नगरले गर्ने हरेक गलत गतिविधिमा ७ नं वडाबासीको चित्त दुख्नु र उनीहरुको भावनामा ठेस लाग्दा नगर सरकारप्रति गुनासो गरिनु स्वभाविक हो । ऐलेको नगर सरकारले जुन गतिविधि गरेको छ त्यो अत्यन्त दुखद छ ।

नगरप्रमुख स्वयं जिम्मेवार नबन्नु र आफ्नो पाटीको कर्मचारी राखेर नगरपालिकालाई उसकै अधिनमा चलाउनुले र उसले जिम्मेवारी पूर्वक कनम नगर्दिनाले भेरी लिफ्टिङ खानेपानी आयाजना नै तहसनहस भएको छ । योजनामा सहयोग गर्ने संस्थाले नै अब भेरी लिफ्टिङमा लगानी नगरी जाने भएको छ भने आजसम्म भएको काम अलपत्र परेको छ ।

त्यो योजनाको टेण्डर खारेज हुनुमा टेण्डर कसरी माग गर्ने भन्ने कुराको जिम्मेवारी गम्भीर रुपमा नलिएर खाली पाटीका पछि कुदने र मेयरलाई उचित सल्लाह नदिने नगरपालिकाका कर्मचारीकै कारण योजना गुमेको छ र नगरका १ लाख चौवन्न हजार जनसंख्याका लागि पुर्याउने खानेपानीको योजना अलपत्र पारेर नगरवासीको पेटमा लात हानिएको छ ।

यौटा कर्मचारीले गर्दा भएको यो दुर्दशामा मेयर, उपमेयर र एमाले दलका नेताहरु खुशी मनाइरहेका छन् । यिनीहरुले यो ४ बर्षको अबधिमा गरेका कर्तुत त कति छन् कति । तर सब्बै योजना र यिनले गरेका गलत काम एक्कैचोटि लेखेर त साध्य छैन । तर प्रत्यक्षरुपमा नगरबासीसित सरोकार राख्ने अर्को यौटा काम भनेको नगर प्रहरीको नियुक्ति पनि हो ।

नगरमा देखिने दैनिक बेथितिको नियन्त्रण र सडक किनाराका व्यापार व्यबसायहरु ब्यवस्थित गर्न सडकको पार्किङ ब्यवस्था र बजारमा शान्ति सुरक्षा कायम गर्दै ब्यवसायीलाई नगर कर तिर्नका लागि उत्प्रेरित र प्रोत्साहित गर्न नगरले केही महिना अघि सत्ताईस सत्ताईस जना नगर प्रहरी भर्ना गर्यो । ती नगर प्रहरीलाई नियुक्त गरेवापत नगरले उनीहरुलाई पारिश्रमिक बापत नगरबासीबाटै उठेको करबाट कम्तिमा पनि करिब साढे ६ लाख मासिक भुक्तानी गर्छ ।

शुरुमा बजार ब्यवस्थापन गर्न नगर प्रहरीलाई खटाइयो पनि । तर कुनै बहानामा ब्यापारीहरुले असन्तुष्टि जनाए भनेर ऐले ती नगर प्रहरीहरुलाई ती मेयरका सल्लाहकारले कार्यालयमै हाजिर गराएका छन् र उनकै मनमौजी अनुसार कार्यालयको काम गराएका छन् ।

मासिक तलबमा अनाहकमा साढे ६ लाख नगरले ब्यहोरिरहेको छ तर ती हाकिमलाई नगरबासीबाट उठेको करको मैले दुरुपयोग गरेको छु भन्ने ऐलेसम्म लागेकै छैन । न त नगर प्रहरीको म्याद थप नगरेर उनीहरुलाई हटाउने सोच बनाएका छन् न त नगरपालिकाले नगरपालिकाले नगर प्रहरीले गर्नु पर्ने जिम्मेवारी दिएर काममा खटाएका छन् ।

यो संसारमा एमाले पाटिीर मेयर मोहन मायाँ ढकाल बाहेक अरु केही नदेख्ने यो कर्मचारी नगरपालिकामा बस्ने बेलासम्म कुनै उन्नति हुन दिँदैन भन्ने कुरा त्यहाँका कर्मचारीहरुले मात्र हैन कि बडा अध्यक्ष र सदस्यहरुले पनि भन्दछन् तर त्यो कर्मचारीको विरुद्ध कोही बोल्न सक्दैनन् । त्यसैले पनि ऐले नेपालको पहिलो प्लानिङ सिटीको नगर बेहाल अबस्थामा छ । यहाँ बस्ने नगरबासी सबैजसो एमालेनै भएको एमालेकै होल्डमा रहेको नगरपालिका ऐले पन्चायतको पालामा शरदचन्द्र शाहको कब्जामा रहेको खेलकुद परिषद जस्तै भएको छ ।

नगरपालिकाद्वारा नियुक्त ती कर्मचारी अवकाश भएर नजाउन्जेलसम्म अब न त वीरेन्द्रनगरका नगर पुलिस नगरका लागि सन्चालित हुन्छन न त भेरी लिफ्टिङ खाने पानी आयोजना बन्छ । बरु नगरबासी पानी खान नपाएर काकाकुल बन्लान अनि नगर प्रहरीका नाममा मासिक लाखौँ रकम नगरपालिकाले फुक्ला तर एमालेका यी र भोली आउने प्रतिनिधि र यो कर्मचारीमा कैल्यै बिवेक पलाउने र जनताप्रति दायित्व बोध हुने संकेत कतै देखिन्न ।

त्यसैले अब हामी नगरबासीहरुसित पनि उनीहरुका कर्तुतका साक्षी बन्दै बस्दै गर्ने सिबाय अरु उपाए छैन । किनभने कमिनिष्ट शासन भनेकै जनता शोष्ने हो त्यसमा कमिनिष्टहरु सफल रहुन्जेल अरुको केही लाग्दैन । गैर कमिनिष्टहरुमा चेतना भया १

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.