कर्पोरेट/पर्यटन

फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो ।

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ ।

फ्लाइ दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल फ्लाइ दुबईका लागि अत्यन्त महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र युएइबीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।

उहाँले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताउनुभयो ।

फ्लाइ दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाइ दुबईको विस्तृत अन्तरराष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ । अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ ।

नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.