जन सरोकार
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ११ शव फेला
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ‘माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना’को सुरुङमा फसेकाहरुको खोजीका क्रममा ११ शव फेला परेको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार आज असोज ३ गते शनिबार बाढीका कारण सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा ११ शव फेलापरेको हो ।
आयोजनाको अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेको ११ वटा शवहरू उद्धार गरी बाहिर निकालिएको र थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।

तस्वीर : नेपाली सेनाको फेसबुक पेज





प्रतिक्रिया राख्नुहोस्