जन सरोकार

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना सङ्कलन गरिएको छ ।

जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना सङ्कलनगरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकार्यमा पातारासी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमुनामध्ये ३९ वटाको डिएनए परीक्षण भइसकेको छ ।

बाँकीको नमुना सङ्कलन काठमाडौँमा भएको जानकारीमा आएको उहाँले बताउनुभयो । नमुनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीमा परेर जिल्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.