भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा
दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
७.१ म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जापानको शुन्य देखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड गरेको थियो । भूकम्पमा ३८ जनाको मृत्यु भएको थियो ।
प्रिफेक्चर सरकारलाई उद्धृत गर्दै जिजी प्रेसका अनुसार शुक्रबारसम्म कुमामोतोका ३२ वटा आश्रयस्थलमा एक हजार ५१४ जना बसिरहेका थिए । अन्य धेरै प्रभावित व्यक्ति होटल वा क्षतिग्रस्त आफ्नै घरमा बस्दै आएका छन् । भूकम्पबाट ७१ हजार ५१८ आवासीय भवनमा क्षति पुगेको थियो । तीमध्ये नौ हजार ५४० भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए ।
प्रभावित नागरिकका लागि सुरक्षित र स्थायी आवासको तत्काल व्यवस्था गर्नु तथा उनीहरूलाई पुनःस्थापित हुन सहयोग गर्नु कुमामोतो प्रिफेक्चर सरकारका प्रमुख चुनौती बनेका छन् ।




प्रतिक्रिया राख्नुहोस्