राजनीति
कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी विजयी
नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ ।
उपसभापतिको खुला प्रतिस्पर्धामा डा भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभएको छ ।
समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्