राजनीति

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला सङ्ग्रौला विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी हुनुभएको छ । पौडेलले चार हजार १९४ मत प्राप्त गर्नुभएको छ । यस्तै, राणाले दुई हजार ३३० मत पाउनुभएको छ ।

महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला (पन्त) विजयी हुनुभएको छ । उहाँले तीन हजार ११८ मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.