आजको राशिफल – २०८३ असोज २८ गते बुधबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्न सक्छ। श्रमको कम मूल्य पाइनेछ। अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्नेछन्। नयाँ जिम्मेवारी थपिए पनि लाभ लिन समय लाग्नेछ। सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। रोकिएका काम दोहोर्याएर प्रयत्न गर्दा सफलता हात लाग्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सहयोगीहरूको साथले धन र ज्ञानमा वृद्धि हुनुका साथै जीवनशैली रमाइलो बन्नेछ। यात्राकाे अवसर र आतिथ्य प्राप्त हुनुका साथै आम्दानीका स्रोत खुल्नेछन्। प्रियजनसँगको भेट र उपहारले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन अझ प्रगाढ बन्नेछ भने विलासितामा रुचि बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने कामको थालनी हुनेछ। सानो प्रयासले पनि ठूला आवश्यकताहरू पूरा हुनेछन्। अघिल्ला सफलताले थप हौसला जगाउनेछ भने भविष्यका लागि बलियो जग बस्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षमता फराकिलो बन्नुका साथै मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा सुरक्षित रहनेछ। भौतिक साधन जुट्नेछन् र लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। अध्ययनमा पनि प्रगति हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
परिस्थिति प्रतिकूल बन्दा नजिकका साथीहरूसँग असमझदारी बढ्न सक्छ। समयमै सचेत नभए शुभचिन्तक समेत टाढिन सक्नेछन्। विनाविचार बोलिने वचनले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् र अरूको स्वार्थका लागि उपयोग भइने डर रहन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
कर्मक्षेत्रमा नयाँ आयाम थपिनेछ भने पुरुषार्थद्वारा नाम, दाम र प्रतिष्ठा कमाउने समय छ। व्यापार-व्यवसायमा विशेष लाभ हुनुका साथै प्रतिस्पर्धीहरू परास्त हुनेछन्। अग्रजहरूको सहयोग जुट्नाले सोचेको प्रतिफल हात लाग्नेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
चुनौती र अवसरको उतारचढावबीच धैर्य र लगनशीलताले मात्र सामान्य उपलब्धि दिलाउनेछ। कामको मेसो नमिल्दा पछि परिने र अरूले फाइदा उठाउन सक्नेछन्। स्वास्थ्यमा केही चिन्ता थपिनुका साथै अध्ययन र लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ। वचन दिँदा सावधानी अपनाउनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
कामको अवसर आए पनि भेटघाट र शिष्टाचारमा समय बित्नेछ। खानपानको सोखले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। रोकिएका काम दोहोर्याएर मात्र राम्रो नतिजा निकाल्न सकिनेछ। सहयोगी हातहरू प्रशस्तै भेटिनेछन् भने टाढिएका परिवारजनसँग पुनर्मिलन हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
आकस्मिक खर्चले आर्थिक संकट देखापर्न सक्छ भने परिस्थितिले आफन्तबाट टाढिन बाध्य बनाउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आए पनि फजुल खर्चबाट जोगिनुपर्छ। देश-विदेशको यात्राको योग रहे पनि खर्च बढ्नेछ। छरछिमेकमा असमझदारी बढ्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
दिन अत्यन्त लाभदायक रहनेछ। रोकिएका काम बन्नाले जिम्मेवारी थपिने र आम्दानीमा वृद्धि हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। श्रमको उचित मूल्यांकन हुनुका साथै सञ्चित धनको सदुपयोगबाट फाइदा हुनेछ। छोटो समयमै दिगो कामको थालनी हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
नयाँ कामको प्रस्ताव आउनुका साथै रचनात्मक कार्यबाट ठूलो फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध गाढा बन्नेछ र समाजमा प्रभाव जमाउन सकिनेछ। सजिलै काम बन्नेछ। चुनौतीहरूलाई पन्छाउँदै भविष्यको बलियो जग बसाउने सुवर्ण अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
पहिलेका कमजोरी सुधार गर्दै सोचेजस्तो प्रगति गर्न सकिनेछ। आध्यात्मिक भावनाले धर्मकर्म र सेवामूलक कार्यमा जोड्नेछ। साथीभाइको भरपूर सहयोग मिल्नुका साथै भौतिक साधन जुट्नेछन्। नोकरी तथा व्यवसायमा विशेष लाभ मिल्नेछ र नयाँ कार्यको थालनी हुनेछ।
(नेपाली पात्रो)

प्रतिक्रिया राख्नुहोस्