तातोपानी नाकाबाट नेपाल भित्रिन थाल्यो सामान
नेपाल र चीनबीचको सबैभन्दा पुरानो र ठूलो नाकाका रुपमा रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट अत्यावश्यक सामान भित्रिन थालेको छ । चीनले आज कार्तिक १ गतदेखि तीन दिनका लागि नाका खोलेको हो ।
नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्