जन सरोकार

सामुदायिक वन क्षेत्रमा कृत्रिम बाँध निर्माणपछि सिंचाइमा सहज

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम बाँध निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ ।

विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । साथै बाँधमा डुंगा सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा बाँध निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय बाँध संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताउनुभयो।

उहाँका अनुसार उक्त बाँध निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ ।

विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताउनुभयो । विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरु अहिले हराभरा हुने गरेको उहाँको भना छ ।

उहाँका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम बाँध र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.