विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिएपछि राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्स सामू जितको लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा १३२ रनमा समेटियो ।पोखराको लागि ओपनर युवराजसिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८४ रनको अर्धशतकीय पारी खेले भने धनन्जय लक्ष्यणले २२ सन्नी बिकले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विराटनगरका कप्तान सन्दीपले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार ह्याट्रिकसहित ६ विकेट लिए भने रुपेश सिंह, एञ्जेलो म्याथ्युज, र चारिथ असलंकाको भागमा समान एक-एक विकेट रह्यो ।




प्रतिक्रिया राख्नुहोस्