जन सरोकार

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा शनिबार साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश३–०१–०२४च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे३प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.