राजनीति

सहिदहरूले देखेका समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

साथै उहाँ आज बिहान छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.