बिशेषराजनीति

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उहाँहरूबीच भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी हुनुहुन्छ । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उहाँका भारतीय समकक्षी मोदीले स्वागत गर्नुभएको थियो । यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधिविज्ञ विविक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.